काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई नियुक्त गरेका छन्। खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको देउवाको सचिवालयले जनाएको छ।‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइ सकिएको छ’, प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘दिउँसो १ बजे शपथ गरेसँगै आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त