विराटनगर : प्रदेश १ सत्तारुढ पाँच दलीय गठबन्धनको साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राईलाई बुझाइएको छ।काङ्ग्रेस सांसद शेरखचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले साझा कार्यक्रम तयार गरी आज (बुधबार) मुख्यमन्त्री राईलाई बुझाएको हो।सरकारको दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यान्वयनमुखी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले जानकारी दिए।उनका अनुसार प्रदेशको वस्तुस्थिति र सामर्थ्यलाई अध्ययन गरेर अल्पकालीन र दीर्घकालीन योजनासहित प्रतिवेदन तयार गरिएको छ।प्रदेश सरकारले अल्पकालीन य