प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । उनले पुँजीबजारमा छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा पुँजीबजारको विकास र विस्तार गर्न तयार रहेको बताएका हुन् । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्