विवाहपञ्चमी : रंगभूमि मैदानमा यसरी गरियो राम-सीताको स्वयम्बर

जनकपुरधाम : भगवान श्रीराम-सीता विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ। आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको हो। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न…

सम्बन्धित सामग्री

भगवान् रामजानकीको स्वयंवर सम्पन्न (तस्वीरहरू)

जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आइतबार भगवान् रामजानकीको स्वयंवर सम्पन्न भएको छ। जानकी मन्दिर तथा राममन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयंवर सम्पन्न भएको हो।राम मन्दिरको डोला मन्दिरका महन्त राम गिरीको नेतृत्वमा बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्त रामतपेश्वर दास वैष्णवले गरे। रंगभूमि मैदान पुगेका अन्य मन्दिरहरूको डोलासँगै भगवान् रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयंवर सम्पन्न भएको छ।जानकी मन्दिर परिसरमै

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको हर्षोल्लास

जनकपुरधाम, मंसिर १२ । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबीच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ । जनकपुरधामको जानकी मन्दिरलाई झिलीमिली पारी बेहुलीझैँ सजाइएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको बाह्रबिघा रङ्गभूमि मैदानमा सोमबार दिउँसो रामसीताको स्वयम्बर हुने र राति मैथिल वैदिक परम्परा अनुसार […]

विवाहपञ्चमी : जनकपुरधाममा धुमधामका साथ राम-सीता विवाह उत्सव मनाईँदै

जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज जनकपुरधाममा विवाह उत्सव मनाईँदै छ। आज दिउँसो जनकपुरधामको रंगभूमि मैदानमा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ। दिउँसो साधुसन्तको अगुवाइमा झाँकीकिर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा पुगेपछि डोलाफेर गरी राम-सीताको स्वयम्बर गरिएको थियो। यसैगरी, जनकपुरको…

विवाह पञ्चमी : आज स्वयंवर र विवाह, जानकी मन्दिरमा श्रद्धालुकाे घुइँचो

जनकपुरधाम : विवाहपञ्चमीको रौनकता अहिले जनकपुरधाम सहित पूरै मिथिलाञ्चलमा छ। जनकपुरधामस्थित जानकी मन्दिरमा विवाहपञ्चमीका लागि विशेष तयारी नै गरिएको छ। विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन सीतारामको विवाह हुनेछ। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैठौ दिन ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ। आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न

रंगभूमि मैदानमा भारतीय जन्तीलाई राष्ट्रपति भण्डारीको सम्मान

सुमित मिश्र - जनकपुरधाम : विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरेकी छिन्। विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि आएका जन्तीको स्वागतमा जनकपुरधाम स्थित रंगभूमि मैदान (बाह्र बिगाह)मा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले जन्तीलाई दोसल्ला र फूलमाला लगाई सम्मान गरेकी हुन्। उनले ऋषि विश्वामित्रको भूमिकामा

विवाहपञ्चमी महोत्सवअन्तर्गत धनुषयज्ञ, फोटो फिचर

जनकपुरधाम : साताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतबार धनुषयज्ञ सम्पन्न भएको छ। रामजानकी विवाह महोत्सवअन्तर्गत तेस्राे दिन जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बाह्रविघा रंगभूमि मैदानमा विधिविधानपूर्वक धनुष यज्ञ सम्पन्न भएको छ। राजा जनकले बरदानमा पाएको धनुषलाई कसैले उठाउन नसक्ने भएपनि सीताले...