कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र नभई निर्यातमा पनि जोड दिन आग्रह गरेका छन् । युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेकोमा अब निर्यातमा जोड दिन आग्रह गरेका हुन् ।कर्णालीमा रहेका करोडौं रुपैयाँका बहुमूल्य वस्तु (जडिबुटी) लाई यही प्रशोधन गरेर निर्यात गर्न सकिए सबै लाभान्वित हुने उनले बताए । ‘हामीसँग बहुमूल्य जडिबुटी छन् । त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेको छौं ।’ उनले