प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा २१६ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बरादि शाखा कार्यालयको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेकी हुन् । बैंकको बरादिमा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप शाखा खोलिएको बताईन् । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै उक्त शाखालाई सफलताको शुभकामना व्यक्त गरिन्।