कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदल मार्गबाट सन् २०२२ को पाँच महिनाको अवधिमा ९५ जना विदेशी पर्यटक भित्रिएका छन्।कोरोना महामारीका कारण सीमा नाकाहुँदैआउने पर्यटकको संख्या घटेको हो। अध्यागमन कार्यालय गड्डाचौकीका सुचना अधिकारी पदमराज भट्टका अनुसार जनवरी महिनामा १७, फ्रेबुअरी महिनामा ७, मार्च महिनामा २९, अप्रिल महिनामा २२ र मे महिनामा २२ जना पर्यटक मात्रै सीमा नाका भएर भित्रिएका छन्।सीमा नाका हुँदै भारत तर्फ जाने पर्यटकको संख्या भने शून्य रहेको छ। सीमा नाका हुँदै भारत जाने पर्यटकल