६७ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै जर्मनी र हंगेरी

एजेन्सी। युरो–२०२०मा विजयी नतिजालाई निरन्तरता दिँदै नकआउटमा स्थान बनाउने लक्ष्यका जर्मनीले आज हंगेरीलाई आथित्यता प्रदान गर्नेछ। १९५४ को विश्वकप फाइनलपछि यी दुई टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्न लागेको यो पहिलोपटक हो। उक्त विश्वकपमा जर्मनीले पछि परेको स्थिति उल्टाउँदै ३–२ ले जितेको थियो। त्यसयता १४ मैत्रीपूर्ण खेलमा जर्मनीले आठ जित र चार बराबरी खेलेको छ। हंगेरीले दुई खेल जितेको छ।