बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

बन्दीपुर गाउँपालिकाले स-साना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ ।  बन्दीपुर गाउँपालिका–१ र ३ वडामा जमिन चक्लाबन्दी गरिएको हो । वडा नं ३ मा एक हजार रोपनी र वडा नं १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उक्त कार्यलाई निरन्तरता दिइने उनले भने । “कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य छ”, उनले भने ।  स&ndash

सम्बन्धित सामग्री

६७५ रोपनीमा चक्लाबन्दी खेती

गुल्मी : गुल्मीमा ६७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु गरिएको छ।जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ३५ हेक्टर अर्थात ६७५ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीका प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए।न्यौपानेका अनुसार सितलबस्ती कृषक समूह कालीगण्डकीमा २०० रोपनीमा कफी, उद्यमशील कफी उत्पादन समूह सत्यवतीमा २०० रोपनीमा कफी, खनाल सुन्तला फर्म धुर्काेटमा ७५ रोपनीमा सुन्तला, माधुरी कृषि तथा सुन्तला जात फलफूल फर्म

गुल्मीमा यस वर्ष ५७५ रोपनीमा फलफूल खेती

गुल्मीमा ५७५ रोपनी जग्गामा फलफूल खेती सुरु भएको छ । जिल्लामा थप एक सय रोपनी जग्गामा अन्य खेती गरी कुल ६७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु भएको हो ।

बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

तनहुँ । बन्दीपुर गाउँपालिकाले स–साना गह्राहरू मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ । बन्दीपुर गाउँपालिका–१ र ३ वडामा जमिन चक्लाबन्दी गरिएको हो । वडा नं ३ मा एक हजार रोपनी र वडा नं १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उक्त कार्यलाई निरन्तरता दिइने उनले बताए । ‘कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य छ,’ उनले भने ।      स–साना गह्रा र बारीमा गोरुले जोत्न गाह्रो हुने र गोरु पाल्ने चलन पनि विस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दीलाई प्राथमिकतामा राखिएको हो । जग्गा चक्लाबन्दी गरिएको क्षेत्रमा जोत्न र खेती लगाउन सजिलो होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । किसानलाई ट्र्याक्टर, कुटानी–पिसानी मिललगायत ५२ थान कृषि औजार प्रदान गरिएको अध्यक्ष थापाले बताए । उनले भने, ‘गाउँपालिकाले रू. १४ लाख मूल्य बराबरको कृषि औजार किसानलाई प्रदान गरेको छ ।’   जमिन चक्लाबन्दी गरेपछि त्यस क्षेत्रका किसान उत्साहित भएर खेती गर्न थालेका छन् । साना खेतबारीलाई डोजर लगाएर ठूला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनाका साथै आधुनिक कृषि औजार प्रयोग गरिँदा थोरै जनशक्तिले पनि धेरै काम गर्न सकिन्छ । चक्लाबन्दीमार्फत कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । रासस

१५ सय रोपनीमा सामूहिक खेती

जिल्लाका विभिन्न स्थानका किसानले करिब १ हजार ५ सय रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालेका छन् । कृषिमा आधुनिकीकरण र उत्पादकत्व बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, स्थानीय तह र किसानको संयुक्त लगानीमा चक्लाबन्दी प्रणालीबाट सामूहिक खेती सुरु गरिएको हो ।

बागमतीका पाँच जिल्लामा सामूहिक खेती

परम्परागत निर्वाहमुखी खेती प्रणालीले कृषि उत्पादन वृद्धि हुन नसकिरहेको बेला बागमती प्रदेशका पाँच जिल्लामा जग्गाको चक्लाबन्दी गरेर सामूहिक खेती सुरु गरिएको छ। खेतीयोग्य भूमिको खण्डीकरण, घडेरीकरण, बाँझो भइरहेको अवस्थामा जमिनको उपयोग गरी उत्पादन वृद्धि गर्न सात हजार सात सय रोपनीमा सामूहिक खेती अघि बढाइएको हो।