पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमै

म्याग्दी : म्याग्दी र बाग्लुङको सिमानामा भएर बग्ने ढोडेनी खोलामा पुल निर्माण भएपछि दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाले सुविधा पाएका छन्। वर्षौंसम्म सास्ती खेप्दै आएका उनीहरुले एक घण्टाको बाटो दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन्।म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बाग्लुङको बाग्लुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले सुविधा पाएका हुन्। ढाडेनी खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्ग

सम्बन्धित सामग्री

झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ […]

झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै - NepaliPatra

गलकोट। बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ। दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो। निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिनाअगावै […]

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

बागलुङ । बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुंगे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतवार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन् सुमधुर बनाउनुका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए । उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम संग्रहालयलगायत म्याग्दी, बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुंगा सावित हुने बताए । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिए । पुल निर्माण गर्न बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिनेछ । रासस

बागलुङ र म्याग्दी जोड्न झोलुंगे पुल बनाइँदै

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुलको निर्माण थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो । चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनोट गरी सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो पुल निर्माण थालेको छ । पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ । ३ करोडको लागतमा उक्त पुल निर्माण गर्न लागिएको हो । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महीनामै पुल तयार गर्नुपर्नेछ । ‘पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम शुरू हुन्छ,’ कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने, ‘विवाद नभए तोकिएको समयअगावै पुल बुझाउँछौं ।’ म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउन पुल महŒवपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा चार मिनेटमै छोटिन्छ । ‘दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल बन्छ,’ सांसद भूपेन्द्र थापाले भने, ‘पुलको एकतर्फ सरकारी जग्गा पर्छ, अर्काेतर्फको फाउण्डेसन राख्ने ठाउँ व्यक्तिको जग्गाको हो, विवाद नगरी काम गरे समयमै पुल बन्छ ।’ पुल निर्माणका लागि उनले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । रासस

पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोटियो

म्याग्दी । म्याग्दी र बागलुङको सिमाना भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं गाउँका बासिन्दाको अब भने आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने ढोडेनी खोलामाथि झोलुङ्गे पुल बनेपछि दुवै जिल्लाका बासिन्दा एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमै पुग्न सक्ने भएका हुन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको सिमानामा बग्ने ढाडेनी खोलामाथि सस्पेन्शन ब्रिड डिभिजन कार्यालय ललितपुरले झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत १ करोड ३९ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । पुल लम्बाइ २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए । पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पन्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डे लगायत गाउँका सयौं मानिस लाभान्वित भएको स्थानीय युवा भीमबहादुर घिमिरेले बताए । साथै बागलुङको पन्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत÷जग्गा बागलुङमा डेढ–दुई घण्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । पुल निर्माणपछि कृषकलाई मात्रै होइन विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घण्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउन बाध्य चनौटेका विद्यार्थी अव घरबाट निस्केको १५ मिनेटमौ विद्यालय पुग्ने स्थानीय अशोक घिमिरेले जानकारी दिए । गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भइ हाल फापरखेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउन दैनिक २० भन्दा बढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीय शिव घिमिरेको भनाइ छ ।

पुल बनेपछि बाटो छोट्टियो

म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई वारीपारी गर्न एक घण्टा लाग्ने बाटो अब दुई मिनेटमै पार गर्न सकिने भएको छ । बागलुङको मालिका र म्याग्दीको […]

झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।