गति लिँदै पुष्प व्यवसाय : वार्षिक कारोबारमा ३३ प्रतिशतभन्दा धेरैले वृद्धि

काठमाडौं । पुष्प व्यवसायले गति लिँदै गएपछि वार्षिक कारोबार रकम बढ्दै गएको छ । पछिल्लो वर्ष पुष्पजन्य वस्तुको कारोबार ३३ दशमलव ६३ प्रतिशतले वृद्धि भएको फ्लोरिकल्चर एशोसिएशनले जानकारी दिएको छ । कोरोना महामारीपछि जटिल अवस्थामा पुगेको पुष्प व्यवसाय कारोबार बढेसँगै विस्तारै तंग्रिन थालेको छ । एशोसिएशनका अनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा पुष्पको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा आव २०७६/७७ र २०७७/७८ मा कोभिड–१९ महामारी र बन्दाबन्दीका कारण समान १ अर्ब ६३ करोड रुपैयाँमा खुम्चियो । आव २०७८/८९ मा कोभिड–१९ को असर कम भई समग्र व्यावसायिक तथा आर्थिक क्षेत्र केही चलायमान हुँदा अघिल्लो वर्षको तुलनामा करीब ३० प्रतिशतले बढेर यसको कारोबार २ अर्ब ३० करोड रुपैयाँ हाराहारी पुग्यो । आव २०७९/८० मा ३ अर्ब ७ करोडभन्दा बढीको कारोबार भएको एशोसिएशनको तथ्यांक छ । आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा करीब ३३ दशमलव ६३ प्रतिशतले वार्षिक कारोबार बढेको छ । भन्सार विभागका अनुसार आव २०७९/८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८ लाख १८ हजार र आयात ३३ करोडभन्दा माथि छ । एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङका अनुसार वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारी रहँदै आएकोमा विगत केही वर्ष कोभिड महामारीका कारण नकारात्मक असर पर्न गई खुम्चिन पुगेको थियो । तर, आव २०७९/८० देखि पुष्प व्यवसायले गति लिएको छ । उनका अनुसार हाल ४८ जिल्लामा लगभग २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय छ । एक हजार ११६ भन्दा बढी पुष्प व्यवसायमा संलग्न छन् । पुष्प नर्सरीमा ५ सय ५, कट फ्लावर उत्पादक ८०, कट फ्लावर खुद्रा व्यवसायी १३७, पुष्प थोक व्यवसायी ४, इनपुट सप्लायर्स २५ र लुज फ्लावर उत्पादक ३६५ रहेको संघको भनाइ छ । पुष्प व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४४ हजारभन्दा जनशक्तिले रोजगारी पाएको छ ।  २५औं फ्लोरा एक्स्पो हुँदै आगमी चैत १ देखि भृकुटीमण्डपमा चारदिने २५औं फ्लोरा एक्स्पो आयोजना हुँदै छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमवार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो । एशोसिएशनको आयोजनामा हुन लागेको उक्त एक्स्पोको सह–आयोजकमा पुष्प विकास केन्द्र रहेको छ । ‘स्वच्छ वातावरणका तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ नारा रहेको प्रदर्शनीमा ६० ओटा प्रदर्शनी स्टल, ३ ओटा ल्यान्डस्केपिङ स्टल, ८ ओटा अफिसियल स्टल, १–१ ओटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र फुड स्टल रहने प्रेस विज्ञप्तिमा उल्लेख छ । पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रियस्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, उत्पादन विक्री वितरण गर्न, पुष्प व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । एक्स्पोको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले गर्ने विज्ञप्तिमा उल्लेख छ ।  

सम्बन्धित सामग्री

बेलायतबाट फर्किएका निर्मल पुष्प व्यवसायमा भविष्य खोज्दै

बेलायतबाट उच्च शिक्षा लिइ स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय समालेका छन्।

पुष्प व्यवसाय फस्टाउन नसक्नुका तीन कारण

लगानीको वातावरण बन्न नसक्नु, बजारको समस्या र सरकारको उपेक्षाका कारण पुष्प व्यवसायमा सुधार हुन सकेको छैन हेर्दा सामान्य र सानो लाग्ने फूल (पुष्प) व्यवसाय राम्रो आम्दानी गर्न सकिने पेसा हो । नेपालमा...

पुष्प व्यवसाय विस्तारमा लगानी अभाव

बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन् । लामो समयदेखि कलङ्कीमा नर्सरी सञ्चालन गर्दै आउनुभएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताउनुभयो …

महामारीले ग्रहण लागेको पुष्प व्यवसाय पुरानै लयमा

महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो । “अहिले महामारीको त्रास …

पुष्प व्यवसाय पुरानै लयमा

महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।“अहिले महामारीको त्रास कम छ, मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन्, विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले

पुष्प व्यवसाय प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्छ

कृषि व्यवसायअन्तर्गत रहेको पुष्प व्यवसाय पछिल्लो समय विस्तार हुँदै गएको छ । तत्काल प्रतिफल पाइने भएकाले पनि यस व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर आएकाले पनि पुष्प व्यवसाय सञ्चालन गर्दै आएका छन् । मुलुकका विभिन्न ४३ जिल्लामा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिँदै आएको छ । यस व्यवसायमा […]

खुला नाका पुष्प व्यवसायको मुख्य चुनौती, कोभिडका कारण १ अर्ब घाटा (भिडियो)

काठमाडौँ – नेपालमा पछिल्लो समय फस्टाउँदै गएको व्यवसाय हो पुष्प व्यवसाय। केही वर्षअघिसम्म सामान्य मानिएको यो व्यवसायमा पछिल्लो समय युवा पुस्ताको आकर्षण देखिन्छ। पुष्प व्यवसायमा आकर्षण बढ्दै गएसँगै यस व्यवसायमा थुप्रै चुनौतीसमेत थपिएको व्यवसायी बताउँछन्। भारतसँगको खुला नाका व्यवसायको मुख्य कारण रहेको मिलन नर्सरीका सञ्चालक तीर्थ लोप्चन बताउँछन्। ‘भनेको बेला मल पाइँदैन, औषधि पनि पाइँदैन, […]

ललितपुरमा सुरु भयो २३औं पुष्प मेला

१० चैत, काठमाडौ । ललितपुरमा बिहीबारदेखि २३औं पुष्प मेला (फ्लोरा एक्स्पो) सुरु भएको छ । स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ बिहीबारदेखि जाउला खेल मैदानमा मेला सुरु भएको हो । बागमती प्रदेशकी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङले पुष्प मेलाको उद्घाटन गरेकी छन् । मेलाको उद्घाटन गर्दै राज्यमन्त्री गुरुङले […]

८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा

लमजुङ- बेसीशहर नगरपालिका-२ बोहोराबेसीमा पुष्प व्यवसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍याे, समय बितेको पत्तै हुँदैन,’ उनी भन्छिन् । हुमा ८ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको […]

पुष्प व्यवसायीको माग

सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिने हो भने कोरोनाले थलिएका धेरै व्यवसाय मध्ये पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरुले बताएका छन् ।बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९ औं वार्षिक साधारण सभामा पुष्प व्यसायीहरुले यस्तो बताएका हुन् । व्यवसायीहरुले कोरोना भाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि […]