चिया मजदुर आन्दोलन

बुधबार संसाभर १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइरहँदा पूर्वी नेपालमा भने फरक दृष्य देखियो । चिया उत्पादनका लागि देश विदेशमा नाम कमाएको पूर्वी नेपालका चिया बगानकै मजदुरहरू भने एक महिनादेखि आन्दोलनमा छन् र उनीहरूले मजदुर दिवसलाई उल्लासका साथ मनाउन पाएनन् । मजदुर आन्दोलनको चुरो खोतल्दै जाने हो भने पनि झनै फरक दृष्य देख्न सकिन्छ किनकी पूर्वी नेपालका चिया बगानमा कार्यरत मजदुर न्यूनतम दैनिक ज्याला नपाएरै आन्दोलनमा होमिएका हुन् ।

सम्बन्धित सामग्री

गुराँसे टि स्टेटमा मजदुर आन्दोलन : एक पक्षले ताला लगाउने, अर्कोले खोल्ने

धनकुटा – हिलेमा रहेको गुराँसे टि स्टेटमा एक पक्षका मजदुरहरुले लगाएको ताला अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन् ।  उद्योगले ज्यालादारी मजदुरलाई एक पक्षीय ढंगले कामबाट निकालेको भन्दै पुनर्बहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले बुधबार लगाएको ताला उद्योगमा मासिक तलबमा काम गर्ने मजदुरले आफूह...