काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार वृद्धि भएर कारोबार बन्द भएको हो।बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ।बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।