नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार १० महिलालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरे । मनोनीत हुनेमा पहिल्यै केन्द्रीय सदस्य भइसकेका नेतादेखि विद्यार्थी र महिला संघको राजनीतिबाट आएका नेताहरू छन् । तर, पहिल्यै केन्द्रीय सदस्य र सांसद भइसकेका नेताहरूले भने केन्द्रीय सदस्य मनोनयनमा असन्तुष्टि पोखेका छन् ।