प्रधानमन्त्री पुष्पकमल दाहाललाई यही महिना यूएईमा हुने संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा सहभागी हुन जाँदा नेपालले ‘हानी–नोक्सानी क्षतिपूर्ति कोष’का लागि लबिङ गर्न विज्ञहरूले सुझाव दिएका छन् । कोप–२८ यहि मंसिर १४ देखि २६ सम्म दुबईमा हुँदैछ ।