डाेटी - डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा माओवादीका कमलबहादुर २०५८ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका हस्तबहादुर बुढाले २०२४ मत ल्याउनुभयो ।
उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसकी विष्नादेवी कमले २०६३ मत ल्याएर विजयी हुनुभएको हो । एमालेकी ज्ञानकुमारी मल्लले १९९१ मत ल्याउनुभयो ।