पार्टीको स्थानीय तह सम्मेलन उद्घाट्न गर्दै प्रचण्ड (लाईभ भिडिओ)

काठमाडौं, ११ मंसिर । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थानीय तह सम्मेलन सुरु भएको छ । राष्ट्रियसभा गृहबाट देशभरका पालिका सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले भर्चुअल उद्घाटन गरिरहेका छन् ।  केही दिनअघि देशभर एकसाथ वडा सम्मेलन गरेको माओवादीले आज पालिका सम्मेलन गर्दैछ । हेरौं भिडिओ :

सम्बन्धित सामग्री

यो पटक स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले उल्लेख गरे ।शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं ।’ स्थानीय तहको निर्वाचनबाट शिक्षा ल

माओवादी केन्द्रले जेठ १८ र १९ गते स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले स्थानीय तहमा नवनिर्वाचित प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको…

स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह : प्रचण्ड

चुनावी सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह भएको बताए । आज घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अग्रगमन र प्रतिगमनको लडाईँ अझै नसकिएकाले गठबन्धनको महत्व भएको पनि जिकिर गरे । गठबन्धनको महत्व घोराहीले दिएको र यसलाई सार्थकता दिन माओवादी र […]

निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्छ : प्रचण्ड

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए। बर्दिबास नगरपालिका-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वा

माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज गोरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ । प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृह जिल्ला चितवनमा […]

माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज गाेरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुग

स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल हुन सक्छः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरेका छन्। अध्यक्ष दाहालले कांग्रेसले लखेट्नै थाल्यो भने एमालेसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताए। तर, त्यो कांग्रेसको व्यवहारमाथि भरपर्ने उनको स्पष्टिकरण थियो। बिहीबार बुटवलका स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने […]

माओवादी अध्यक्ष प्रचण्ड सुर्खेतमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलागि अध्यक्ष प्रचण्ड आज विहान सुर्खेत गएको सचिवालयले जनाएको छ।  कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर प्रचण्ड आजै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अघि अध्यक्ष प्रचण्डले गत बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशि