नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि काँग्रेस सभापतिको हैसियतमा भएको हो भन्ने प्रश्न गर्दै यस्ता कामले नेपाल हेपिने बताएका छन् ।शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे टिप्पणी गर्दै नेता रावलले भनेका छन् : ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेका सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कू