राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ ।
साधारण सभाले ४.५० प्रतिशत लाभांश सहितको आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।
कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना ग...