काठमाण्डाै - केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ ।
दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो बढ्न थालेको मौसमविद्ले बताएका छन् । दिन र रात बराबरी जस्तै हुने समयमा बिहान र बेलुका चिसो हुने र दिउँसो घाम लागेको बेला गर्मी हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजोआज बिहान र बेलुकाको न्यूनतम तापक्रम पनि केही घटेको छ । हिजो जिरीको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियससम्म झरेको थियो, लुम्लेको १५, जोमसोमको १० दशमलव ५, ताप्लेजुङको १७ डिग्री सेल्सि...