काठमाण्डाै – सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आज आइतवार सिंहदरबारमा सभामुख घिमिरे र सिनेटर हाेलेनबीच भेट भएको हो ।
भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदानप्रदानका विषयमा छलफल भएको थियो । सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दाैत्य सम्बन्ध स्थापना भएपछि दुई देशको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।
उच्चस्तरीय ...