नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न पुबुदु दशानायकेसहित ६० जनाको आवेदन

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मागेको खुल्ला आवेदनमा ६० जनाको आवेदन परेको हो ।गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले कात्तिक १ गते खुल्ला आवेदन माग गरेको थियो । आवेदन दिने म्याद आइतबार सकिँदा ६० जनाको आवेदन परेको हो । नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायकेदेखि भारतीय मन्टी देशाई सम्मले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये क्यान छनोट समितिले सर्ट लिर्ट तयार पार्नेछ । सर्ट लिष्टमा परेकाहरुको अन्तवार्ता लिएपछि मात्रै नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनेछन् ।क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको माग गरेको थियो ।गत पुसमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका ह्वाटमोरले भदौमा ओमान भ्रमणपछि लागु हुने गरि नेपाली टोली छाडेका थिए । असोजमा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाको सिरिजसँगै उनले नेपाली टोली छाडेका थिए ।

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबार पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत भएको जनाएको छ । प्रभाकर गत सोमबार बिहान भारत...

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं : विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए। उनको प्र

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै प्रभाकर पनि सुटुक्क भारत प्रस्थान गरेका थिए । तर, उनले पद त्यागेको हो या हैन भन्ने कुरा […]

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

५९ वर्षीय प्रभाकर सन १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेल्नुभएको थियो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले स्कटल्याण्ड भ्रमण पछि राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षक विहीन थियो ।

मनोज प्रभाकर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

२३ साउन, काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो । मुख्य प्रशिक्षक […]

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित चार मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रशिक्षक नियुक्तीको लागि छलफल तीव्र रुपमा अघि बढाएपनि तलबको विषयमा निर्णय रोकिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुवुदुले आफ्नो सम्झौताको बीचमै छाडेर गएको हुँदा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न नपर्ने बताएको छ […]

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट सङ्घ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका […]

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

भारतका श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ प्रशिक्षक कन्सलट्यान्ट नियुक्त

१७ माघ, काठमाडौं । भारतीय हाई परफरमेन्स प्रशिक्षक रघुराम श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् । उनी नेपाली टिमकाे क्लाेज क्याम्पकाे जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ । क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् […]