काठमाडौँ । जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै मन्त्रालय तानिएका एक उपमहानिर्देशक तेस्रो साता नै महानिर्देशकको जिम्मेवारी लिएर विभागमा पदभार ग्रहण गरेका छन् । कर्मचारी सेटिङमा माहिर मानिँदै आएको शहरी विकास मन्त्रालयले करिब तीन साताअघि मन्त्रालय तानिएका उपमहानिर्देशक रामचन्द्र दंगाललाई सोमबार महानिर्देशक बनाइ पठाएको हो । उनलाई यसअघिका महानिर्देशक पदमकुमार मैनालीसँगै मन्त्रालयबाट विभाग खटाइएको थियो । […]