बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाँण महाधिवेशन प्रतिनिधि (खुला) पदमा निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय अधिवेशनअन्तर्गत खुला समूहबाट उमेदवारी दिएका खाँण निर्विरोध निर्वाचित भएका हुन् ।
हेटौंडामा तीन दिन चल्ने नमुना युवा संसद् अभ्यास कार्यक्रम बुधबारदेखि सुरु भएको छ । कार्यक्रमले विद्यार्थी र संसद्बीच दुरी घटाउँदै युवालाई लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्याससँग जोड्ने लक्ष्य राखेको छ । विद्यार्थीलाई बागमती प्रदेशसभाको संरचना, काम, कर्तव्य, अधिकार र संसदीय प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशसभा […]
प्रस्तावित संशोधनको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन र प्रसूतिपश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने रहेको छ।
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।