काठमाडौं : बिहीबार बिहान मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का पानी परेको छ। हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए। उनका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। दिउँसो पनि प्रदेश १ र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती