अमेरिकाको नेब्रास्कामा बस्ने ३० वर्षीय एक पुरुषले च्याउको रस निकालेर शरीरमा सुईमार्फत पसाएको केही घन्टापछि नसामा च्याउ उम्रेको छ ।
यसले गर्दा उसको शरीरको अंग नै काम नगर्ने भएको छ । निकै मेहनत गरेपछि बल्ल चिकित्सकहरूले उसलाई बचाउन सफल भए । उनले वर्षौंसम्म एन्टीफंगल औषधि खानुपर्ने भनी चिकित्सकहरूले बताएका छन् ।
खासमा ती व्यक्ति बाइपोलर डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त छन् । उनी जहिले पनि डिप्रेसनमा रहन्छन् ।
चिकित्सकहरूले उनलाई साइकेडेलिक मशरूम खान सल्लाह दिएका थिए । उक्त च्याउमा हुने साइलोसाइबिन ...