सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो ।
फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो ।
अहिले दैनिक सय जनाकाे हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेका सगरमाथा राष्ट्रिय न...