काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे राजनीतिमा जन्डिसकाे बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले विरोधीहरूले सरकारका उचित प्रयासलाई भ्रमपूर्ण ढङ्गले प्रचार गरी नागरिकमा अन्याेल सिर्जना गर्ने काम गरेकाे बताउनुभएको हो ।ओलीले कोभिड १९ सङ्क्रमणको भयावह अवस्थामा त्यसविरुद्धको लडाइँमा एकजुट हुनुपर्नेमा सरकारका प्रयासलाई ओझेल पार्ने र नागरिकमा निराशा पैदा गर्ने क...