काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहलाई एक बनाउन आफू लागिरहेको बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा कुराकानी गर्दै थापाले भने, ‘म अलग भएको होइन। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समूहलाई हामी ढिलो चाँडो एकै बनाउँछौ । समूहबाट अलग होइन, एक बनाउने प्रयास हो।'