काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिएर न्यायालयको गतिरोध अन्त्य गर्नुपर्ने बताएको छ । एसोसिएसनको बैठकपछि मंगलबार बारले विज्ञप्ति जारी गर्दै अहिले न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि राजीनामा दिन प्रधानन्यायाधीश राणालाई आह्वान गरिएको छ । बारले प्रधानन्यायाधीश राणाबाट अब न्यायापालिकाको स्वतन्त्रता र विश्वनियता कायम हुन नसक्नेसमेत निष्कर्ष निकालेको छ । बारले […]