काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४०, भक्तपुरमा ४ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।