मुना गौचन- Saptahik Magazine

मुना गौचन मुम्बइमा मोडलिङ गर्छिन् । डेढ वर्षदेखि उतैको एजेन्सीमार्फत विभिन्न ब्राण्डका विज्ञापन फोटोसुट र म्युजिक भिडियोमा व्यस्त थिइन् । कोभिड–१९ का कारण काम ठप्प भएपछि नेपाल आएकी उनी व्यस्त जीवनवाट फुर्सद मिलेकोमा केही समय खुशी थिइन् । तर लकडाउन लम्बिँदै जाँदा आफूलाई व्यस्त बनाउन ब्लगिङमा सक्रिय भइन् । यसबीच आफ्ना नृत्यका भिडियो ब्लग, फेसबुक र इन्टाग्राममा राख्दै आएकी छिन् । सानैमा मुनालाई डाक्टर बन्ने चाहना थियो । उनलाई परिवारले सक्रिय बनाउनुपर्छ भनेर स्कुलका विभिन्न कार्यक्रममा भाग लिन लगाउँथे । उनी मख्ख पर्दै सहभागी हुन्थिन् । त्यसै क्रममा कक्षा ६ मा पढ्दा ‘लिटिल मिस काठमाडौं’ र एसएलसीपछि ‘एसएलसी प्रिन्सेस’मा भाग लिएपछि उनलाई मोडलिङमा रुची बढ्न थाल्यो । उनी हाउस अफ फेसनमा आबद्ध भइन् । त्यसपछि मोडलिङमा करियर शुरु भयो । उनले ¥याम्प, फोटोसुट र विज्ञापनमा काम पाउन थालिन् । - सिर्जना दुवाल श्रेष्ठतस्विरः महेश प्रधान

सम्बन्धित सामग्री

रणवीर सिंहसँग नेपाली मोडल मुनाको सेल्फी

नेपाली अभिनेत्री तथा मोडल मुना गौचन बलिउड अभिनेता रणवीर सिंहसँग फिल्म खेल्ने भएकी छन् । बिहीबार रणवीरसँग सेल्फी खिचेको पोष्ट सार्वजनिक गर्दै छिट्टै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् । तर फिल्मको बिषयमा उनले केही पनि बताएकी छैनन् । रणवीर र मुना सेल्फीमा निक्कै खुसी देखिएका छन् । नेपालमा फिल्म ‘जालो’ बाट अभिनय करिअर सुरु गरेकी मुना पछिल्लो समय मोडलिङ र अभिनयका लागि मुम्बईमा बस्दै आएकी छन् ।अभिनयका लागि मुनाले आफू ज्याकलिन फर्नान्डिज र वरुण धवनबाट प्रभावित भएको बताउदै आएकी छन्

रणवीर सिंहसँग सहकार्य गर्दै नेपाली मोडल मुना गौचन !

काठमाडौं । लामो समयदेखि मुम्बईको मोडलिङ क्षेत्रमा संर्घषरत नेपाली मोडल तथा अभिनेतृ मुना गौचनले बलिउड नायक रणवीर सिंहसँगथ सहकार्य गरेकी छन् ।  गौचनले हालै इन्स्टाग्राममा सेयर गरेको पोस्टले उनले बलिउडका अभिनेता रणवीरसँग सहकार्य गरेको देखिन्छ । मुनाले बिहीबार रणवीरसँगका दुइटा सेल्फीको फोटो हाल्दै रणवीरसँग केही प्राजेक्टमा सहकार्य गरेको संकेत गरेकी छन्...

नेपाली अभिनेत्री मुना गौचन रणवीर सिंहसँग बलिउड फिल्म खेल्दै

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सि‌हसँग फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको जानकारी दिएकी हुन् । तर कुन फिल्ममा अभिनय गर्न लागेको भन्नेबारेमा भने उनले खुलाएकी छैनन् । सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिन्छन् । नेपाली […]

हेरिटेज अफ फेसन अस्ट्रेलिया हुने

ए एसएपी इन्टरटेन्मेन्ट सिड्नी अस्ट्रेलियाको आयोजनामा आगामी सेप्टेम्बर २५ तारिकका दिन अस्ट्रेलियाको सिड्नी र अक्टोबर २ मा होबाडको तास्मेनियामा हेरिटेज अफ फेसन अस्ट्रेलिया २०२२ नामक फेसन सो हुने भएको छ। फेसनको माध्यमबाट डायसपोरामा नेपाली भेषभूषा र संस्कृतिको उजागर गर्ने अभिप्रायले हुन लागेको फेसन शोका लागि मोडल तथा अभिनेत्री मुना गौचन र दीपक घिमिरले कोरियोग्राफी गर्नेछन्। […]