भेनेजुएलामा थुनामा राखिएका कम्तीमा चार जना अमेरिकी नागरिकलाई त्यहाँको अन्तरिम सरकारले रिहा गरेको छ। निकोलस मदुरो पदच्युत भएपछि अमेरिकी बन्दीहरूलाई सार्वजनिक रूपमा रिहा गरिएको यो पहिलो घटना हो। उपराष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको अन्तरिम सरकारले दर्जनौँ राजनीतिक बन्दीहरूलाई रिहा गर्न सुरु गरेको सन्दर्भमा यो कदम चालिएको हो। अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, “भेनेजुएलामा थुनामा […]
नवलपरासी। गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ। नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ। गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै पक्की पुल तरेर देवघाट पुगिने […]
३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले विशेष महाधिवेशनको अगुवाइ गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार बिहान छलफल गरे । आइतबारदेखि सुरु महाधिवेशनपछि उत्पन्न विवाद अन्त्यको खोजीका लागि सभापति देउवाले महामन्त्रीद्वय …
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महाराजगञ्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय थापा र शर्मा देउवालाई भेट्न बुधबार महाराजगञ्जमा पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले बताउनुभएको हो । टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय […]
काठमाडौँ। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका दुई वटा विषयगत समितिका बैठकहरू आज बुधबार बस्दैछन्। आज बिहान ११:३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ। पर्यटन क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने लक्ष्यसहित ल्याइएको यस विधेयकका विभिन्न प्रावधानहरूमाथि सांसदहरूले संशोधन र सुझाव प्रस्तुत गर्नेछन्। त्यसैगरी, दिउँसो १:०० बजे सार्वजनिक […]