काठमाडौं : शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन्।मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाएकी हुन्।सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने शर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको