निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत खाद्यान्न वितरण गरेको भन्ने विषयमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । आयोगले मन्त्री चौधरीले चामल वितरण गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) …