राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो । आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्