माथिल्लो तामाकोशी जलविद्युतको म्यानहोलबाट पानी चुहिएपछि परीक्षण रोकियो

जेठ ५, दोलखा । सुरुङ तथा पेनस्टक परीक्षणको क्रममा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको म्यानहोल( मानिस काम गर्न पेनस्टकमा पस्ने प्वाल) बाट पानी चुहिएको छ ।   सुरुङमा पानी पठाई करीब ६०० मिटरसम्म हेडमा पानी भर्दा म्यानहोलबाट पानी चुहिएको हो । म्यानहोलबाट पानी चुहिएपछि परीक्षण रोकी म्यानहोलहरुको मर्मत सम्भार कार्य भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।  तीन ओटा म्यानहोलको निरीक्षण तथा मर्मत सम्भार शुक्रवारसम्ममा सकिने प्रवक्ता न्यौपानेको भनाइ छ । म्यानहोल तथा गेटको निरिक्षण तथा मर्मत पश्चात आइतवारबाट सुरुङ तथा पेनस्टकमा पानी पठाई पुनः परीक्षण सुचारु गरिने आयोजनाले बताएको छ । सुरुङ तथा पेनस्टकमा पानी भर्ने काममा कुनै समस्या नआएमा जेठ अन्तिममा विद्युत् उत्पादनको परीक्षण गर्न सकिने प्रवक्ता न्यौपानेले बताए । आयोजनाको प्रसारण लाइन अन्तर्गत सिंगटीमा भाँचिएको टावरको निर्माण कार्य भइरहेको छ ।  यस्तै दोलखाको सहरेमा बाँकीरहेको मल्टिसर्किट टावरको निर्माण सकिई तार तान्ने चरणमा पुगेको छ ।   साथै रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको सिभिल संरचनाको काम सकिई उपकरण जडान भइरहेकोमा भारतीय मजदूरहरुमा कोरोना संक्रमण पुष्टी भएकोले हाललाई काम बन्द भएको आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादित् विजुली फुलासी सबस्टेशनको काम नसकिएपनि सिधै ढल्केवारसम्म प्रसारण गर्न सकिने विकल्प आयोजनासँग रहेको प्रवक्ता न्यौपानेले बताए ।  यस्तै रोलवालिङ डाइभर्सनको निर्माण प्रक्रिया पनि आगाडि बढाइएको छ । प्रारम्भमा छ ओटा युनिटमध्ये एक युनिटबाट ७६ मेगावाट(मेवा) उत्पादन गरिने छ भने पूर्ण क्षमतामा छ ओटै युनिटबाट विद्युत् उत्पादन हुँदा  ४५६ मेवा विद्युत् उत्पादन हुने छ ।  विसं २०६५ सालमा आयोजनाको निर्माण शुरु गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर हाल आयोजना निर्माण सम्पन्न हुने समयसम्म आयोजनाको लागत करीब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान छ । भुकम्प, नाकाबन्दी, कोरोना संक्रमण, भारतिय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमै सामान ढुवानी नगर्नु तथा समयमा काम नसक्नु जस्ता कारणले  निर्माण अवधि लम्बिँदा ब्याज, मूल्य समायोजन, डलरको मुल्यमा भएको वृद्धि, प्रशासनिक खर्च आदिका कारण लागत वृद्धि भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको दाबी छ ।  

सम्बन्धित सामग्री

हकप्रद सेयरको आवेदन खोल्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

दोलखा, भदौ १ । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन गर्न लागेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत […]

माथिल्लो तामाकोशी जलविद्युत्को हकप्रद सेयरको आवेदन खुला हुँदै

दोलखा : दोलखामा निर्माण भएको ४५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गते खुला गरिने भएको छ।राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। कम्पनीले आज (बिहीबार) सूचना जारी गर्दै १:१ को अनुपातमा अर्थात व

माथिल्लो तामाकोशी एक साता बन्द हुने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो । दीपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको हो । आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ । पानी घटाउँदा तल्लो तटीय क्षे

माथिल्लो तामाकोशी एक साता बन्द हुने

काठमाडौँ– माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो ।  दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको […]

प्रधानमन्त्री देउवाद्वारा माथिल्लो तामाकोशी आयोजना निरीक्षण (फोटोफिचर)

दोलखा, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल शनिबार दोलखामा माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

माथिल्लो तामाकोशी र खिम्तीको अवलोकनमा जाँदै प्रधानमन्त्री

काठमाडौं , ५ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् । देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् । त्यसपछि खिम्ती जलविधुत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र […]

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले आत्मविश्वास बढाएको छ : प्रम

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् । कूल ४५६ मेगावाट क्षमताको

सोमबारदेखि बल्दै माथिल्लो तामाकोशी

काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबारदेखि बिजुली उत्पादन सुरु गर्ने भएको छ। कुल ४५६ मेगावाट क्षमताको परियोजनाले पहिलोपटक युनिटबाट बिजुली उत्पादन गर्ने भएको हो। सो आयोजनाको सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। आयोजनाको पहिलो युनिटको क्षमता ७६मेगावाट रहेको छ। आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।

जोखिममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना

काठमाडौं। तिब्बतमा गएको पहिरोले तामाकोशी नदी थुनिँदा माथिल्लो तामाकोशी जलविद्युत आयोजना जोखिममा परेको छ। थुनिएको नदी फुटेर बाढीको रुपमा आएमा आयोजनाको जोखिम थप बढ्ने छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आफूहरुले उच्च सतर्कता अपनाइरहेको देखापढीलाई जानकारी दिए। उनले भने, "हामीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाको ड्याम खाली गरिसकेका छौं।"