सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पाण्डेलाई सीईओमा नियुक्ति दिएको हो ।योसँगै पाण्डेले आगामी माघ १२ गतेदेखि बैंकको प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । हालका सीईओ भुवन दाहालको कार्यकाल यहीँ माघमा सकिँदै गर्दा पाण्डेलाई नियुक्ति दिएको हो । नवनियुक्त सीईओ पाण्डे हाल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् ।