माघ १३, काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।
कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।
कम्पनीले यसअघिका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै सो पदमा पाण्डेलाई नियुक्त गरेको हो ।