कास्की । सांसद पद पुनर्बहाली भएपछि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले गण्डकी प्रदेश सरकारलाई विघटनको बाटोमा जान दिन नहुने प्रतिक्रिया दिएका छन् । प्रदेश सभा विघटनको बाटोमा जान सक्ने भन्दै उनले अहिले विवेक पु¥याएर निर्णय लिन आग्रह गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै थापामाथिको कारबाही बदर गरिदिएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।