वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ।वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटा बढी रहेको विभागले जनाएको छ। गत वर्ष ठगिएको जनाउँदै २ सय २४ वटा उजुरी परेकोमा चालू आवमा सो बढेर ३ सय ३८ पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकार