संकटा क्लब पोखरामा जारी २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गदै संकटाले सेमिफाइनलमा...
संकटा क्लबले आहारारा गोल्ड कपको उपाधिमा नाम लेखाउन सफल भएको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली अफ्रिकन रुट एसोसिएसन क्यामरुनलाई टाइब्रेकरको शिकार बनाउँदै उपाधिसहित १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भयो । उपविजेताले ५ लाख पुरस्कार पायो । पोखरा रंगशालामा अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलको पहिलो ह...
पर्वत : १९ औँ संस्करणको आहा–रारा गोल्ड कपमा सङ्कटा क्लबले पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई पराजित गरेसँगै उपाधि नेपालको पक्षमा जोगिएको छ।पोखरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएसनविरुद्ध सङ्कटा क्लबले दुईविरुद्ध चार गोल गर्न सफल भयो। पेनाल्टीमा अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले १/१ गोलको योगदान दिए।निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १÷१ गोल गरेका थिए। थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि
डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब १९ औं आहारारा गोल्डकप फूटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा सोमवार तेस्रो क्वार्टरफाइनलमा मनाङको चुनौती संकटा क्लबले १–० ले पन्छाउन सफल भएको हो ।खेलमा संकटाका लागि अफ्रिकन खेलाडी फोफोना नायक बने । खेलको ४४ औं मिनेटमा उनले बललाई विपक्षीको गोलपो...