बजेटको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज एकै दिन ४५ अंकले घटेर नेप्से परिसूचक २१ सय ७८ अंकमा आइपुगेको हो । आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरका ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ३०६ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा २४८ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा १२७ अंकको गिरावट आउँदा विकास बैंक समूह ९७ अंकले घटेको छ भने लघुवित्त समूह ७१ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहमा ६७ अंकको गिरावट आउँदा