ओलीको आरोप- एमसीसीबारे गठबन्धनका नेताले अमेरिकीसँग एकथरी र कार्यकर्तासँग अर्कै कुरा गरेका छन्

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्ता गठबन्धनले जनतालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप लगाएका छन् ।  हिजो आफैंले गरेको हस्ताक्षर ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि कार्यदल बनाउने हास्यास्पद काम गरेको ओलीको भनाइ छ । आइतवार विभिन्न विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले एमसीसीबारे गठबन्धनका नेताहरूले द्वैध भूमिका खेलिरहेका आरोप लगाएका हुन् ।  ‘अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धन...

सम्बन्धित सामग्री

ओलीको आरोपः गठबन्धनकै कारण जन्मसिद्धका सन्तानले नागरिकता पाउन सकेनन्

जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनकै नेताका कारण जन्मसिद्ध नागरिकका सन्तान नागरिकताबाट बञ्चित भएको आरोप लगाएका छन्। आफूले अध्यादेश ल्याउँदा त्यसविरुद्ध मुद्दा हालेर गठबन्धनकै नेताले नागरिकता दिनबाट रोकेको ओलीको आरोप छ। शनिबार धनुषाको विदेह नगरपालिका तिनकौरीया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनकै नेताका कारण लाखौँ जन्मसिद्ध नागरिकका सन्तान […]