भारतीय राजदूतावासद्वारा मुगाली बौद्धमार्गी सेवा संघलाई एम्बुलेन्स सहयोग

भारतीय राजदूतावासले मुगाली बौद्धमार्गी सेवा संघ जुम्लालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ। संघको ७५ औँ वर्षगाँठका अवसरमा एम्बुलेन्स प्रदान गरिएको हो। नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरूप एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ। मुगाली बौद्धमार्गी सेवा सघं जुम्लाका सल्लाहकार कार्मा बुढाका अनुसार अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी छन् । एम्बुलेन्स प्राप्त भएपछि सबैले अव छिटो र सहज उपचार पाउने विश्वास उनले व्यक्त गरे ।&nbs

सम्बन्धित सामग्री

सगरमाथाको एम्बुलेन्स सहयोग

काठमाडौं (अस) । उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकी पुनर्निर्माण तथा एक थान एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको छ । त्रियुगा नगरपालिका–५ स्थित स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले  देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो त्रियुगाका मेयर बलदेव चौधरीलाई हस्तान्तरण गरे । उक्त अवसरमा सीईओ क्षेत्रीले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी आपतकालीन अवस्थामा यस क्षेत्रका वासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी एम्बुलेन्स सेवा उपलब्ध गराउन उदयपुर सिमेन्ट उद्योगको आग्रहलाई स्वीकारेर एम्बुलेन्स खरिदमा सहयोग गरिएको बताए ।

वडा अध्यक्ष बानियाँद्वारा सामुदायिक प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

मकवानपुर । सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगरलाई हेटौंडाका एक वडा अध्यक्षले एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका छन् । हेटौंडा महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष राजेश बानियाँले आफ्ना स्वर्गीय हजुरबुबा चेतसिं बानियाँ र बाबु वीरेन्द्रबहादुर बानियाँको स्मृतिमा सामुदायिक प्रहरी सेवा केन्द्रलाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।नागरिकका हरेक दुःख र विपदको घडीमा साथ रहने प्रहरी र प्रहरी सेवालाई नागरिक प्रति थप उत्तरदायी बनाउने तथा प्रहरी सेवालाई उत्कृष्ट बन

आकस्मिक टेलिफोन नम्बरसहितको एम्बुलेन्स

उपत्यकामा एकैपटक १० नयाँ एम्बुलेन्स सञ्चालनमा आउने भएका छन् । सामुदायिक एम्बुलेन्सलाई नेपाल एम्बुलेन्स सेवाले सञ्चालन गर्न लागेको हो । एम्बुलेन्सको निःशुल्क आकस्मिक टेलिफोन नम्बर १०२ हुनेछ । निजी क्षेत्र र सामुदायिक सक्रियतामा स्थापित एम्बुलेन्सको उपत्यकामा १० मुख्य स्थानबाट सेवा सुरु हुनेछ । निःशुल्क टेलिफोन नम्बरसहितको एम्बुलेन्स सेवा नेपालको पहिलो हो । एम्बुलेन्सहरूमा बीएलएस अर्थात् आधारभूत जीवन रक्षाको सुविधा रहनेछ । आकस्मिक चिकित्सा प्राविधिक पारामेडिकसहितका एम्बुलेन्सहरूले प्रिहस्पिटल केयरका रूपमा काम गर्नेछन् । ‘सेवा अक्टोबरभित्र सञ्चालनमा ल्याइसक्नेछौं’ सेवाका बोर्ड निर्देशक तथा प्रिज्मा एडभरटाइजिङका अधिकृत रञ्जित आचार्यले भने । स्टानफोर्ड युनिभिर्सिटी मेडिकल स्कुलसँगको प्राविधिक सहकार्यमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको आचार्यले बताए । व्यक्तिगत र संस्थागत सहयोगमा एम्बुलेन्स खरिद हुनेछन् निर्देशक आचार्यले भने, ‘दसमध्ये नौ एम्बुलेन्स किनिदिने दाता भेट्टाइुसकेका छौं ।’ उनका अनुसार ओम राजभण्डारी, पवन अग्रवाल, शेखर गोल्छा, मीनबहादुर गुरुङ, डा. सुरज शाक्य, अन्नपूर्ण ट्राभल्स, एस डेभलेपमेन्ट बैंक र बोटलर्स नेपालले एकएक वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।   वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६

​ओखलढुङ्गा सेवा समाज कतारको एम्बुलेन्स सहयोग

ओखलढुंगा, माघ १६– ओखलढुङ्गा सेवा समाज कतारले  समाजको ओखलढुंगा च्याप्टरलाई  एम्बुलेन्स हस्तान्तरण गरेको छ । ओखलढुंगमा जन्मिएर रोजगारीको...