ताप्लेजुङ - ताप्लेजुङका किसानलाई प्रमुख नगदेबाली अलैँची टिप्ने चटारो छ । खेतबारी तथा कान्ला भित्ता र खोल्सीहरुमा अलैँची पाक्न थालेको छ ।
किसानहरु अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । गाउँमा अलैँची बगान भएका तर जिल्ला सदरमुकामतिर बसेका व्याक्तिहरु समेत अलैँची टिप्न गाउँ फर्किएका छन् । भदौ १० गतेदेखि अलैँची टिप्न शुरु गरिएकाे हाे । कात्तिक महिनाको अन्तिमसम्म नै अलैँची टिप्ने कामको चटारो हुन्छ ।
पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा तथा मुसाले खाने हुँदा किसानलाई अलैँची भित्र्याउन चटार...