नेपाली काँग्रेसले १४ औं महाधिवेशनअघि बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाँकी छ ।प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको चापका कारण १६ जिल्ला अधिवेशन गर्न सकेको थिएन । अब २७ गते जिल्ला अधिवेशन हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई बताए ।त्यसका लागि २४–२५ गते निर्वाचन अधिकृत सम्बन्धित जिल्लामा पुगिसक्ने उनको भनाइ छ