नेपाली काँग्रेसको प्रदेश अधिवेशन आजदेखि सुुरु भएको छ । कर्णाली प्रदेशको हकमा राजधानी वीरेन्द्रनगरको रङ्गशालामा अधिवेशन कार्यक्रम आयोजना गरिएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशन उद्घाटन गरेका छन् ।अधिवेशन उद्घाटन कार्यक्रममा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु सहभागी भएनन् । संस्थापन इतर पक्षका नेताहरुले कार्यक्रमबारे आफूलाई कुनै खबर नभएकाले उपस्थित नभएको जनाएका छन् । काँग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले रातोपाटीसँग कुरा गर्दै भने, ‘मैले त कार्यक्रम छ