काठमाडौं : केही दिनअघि दीपाश्री निरौला र सरोज खनाललगायत अन्य कलाकारको फेसबुक एकाउन्ट ह्याक भएको थियो।साइबर अपराध गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको थियो।फेसबुक एकाउन्टमा जोडिएका साथीहरुसँग पैसा मागेको सूचना परेको निवेदनको आधारमा पक्राउ गरिएको अर्यालले जानकारी दिए। उनका अनुसार विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुर