व्यवसायिक प्रयोजनका लागि रौतहटको सदरमुकाम गौरमा एक दशकदेखि चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पु) चल्न रोक लगाइएको छ ।
उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले गौर र भारतीय बजार बैरगनियाँ आवतजावत गर्ने व्यवसायीकरुपमा सञ्चालित भारतीय नम्बर प्लेटका टेम्पुमा रोक लगाएको हो ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मि मोटर्स प्रालीका प्रोपराइटर अरुण कुश्वाहाले सो स्थानमा चल्दै आएको तीन पाङ्ग्रे भारतीय टेम्पु सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर दायर गर्नु भएको थियो ।